Kaidiko Patra

Feature Film DramaApr 28, 2023Hall Release

News

प्रदर्शन मिति तोक्दै ‘कैदिको पत्र’को गीत रिलिज

लेन्सनेपाल २०७९ चैत्र १६
प्रदर्शन मिति तोक्दै ‘कैदिको पत्र’को गीत रिलिज

बैशाख १५ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र  ‘कैदिको पत्र’को गीत रिलिज गरिएको छ । सार्वजनिक गरिएको ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर, सनम कुमार बैराग र निखिल गोतामेको शब्द र सुरेश सेञ्चुरीको संगीत रहेको छ ।

कबिराज गहतराजले कोरियोग्राफि गरेको गीतमा चलचित्रका प्रमुख कलाकारहरु कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ ।

प्रेम र रोमाञ्सको कथामा बनेको यो चलचित्रमा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाईने निर्देशक सनम कुमार बैरागले बताए । यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो । चलचित्रमा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी चलचित्रका निर्माता हुन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अर्जुन जिसिको सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एनुचौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।