Kagazpatra
Feature Film Comedy, Drama, RomanticMar 22, 2019Hall Release
News
सपिङ्ग मलमा चलचित्र ‘कागजपत्र’
चलचित्र कागजपत्रले आफ्नो प्रचारलाई सपिङ्ग मल केन्द्रित बनाएको छ । पहिलो चरणमा काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ्ग मलमा चलचित्रको प्रचार गरिने निर्देशक अपिल बिष्टले बताएका छन् ।
महाशिवरात्रीको दिन काठमाडौंको सिटी सेन्टरबाट सुरु भएको मल केन्द्रित प्रचार अहिले पनि जारी छ । चलचित्रका टिमले शनिबार काठमाडौंको चुच्चेपाटी स्थीत के एल टावरमा दर्शकसँग प्रत्यक्ष भेटघाट गरि आफ्नो चलचित्रका बारेमा कुरा गरेको थियो । चैत्र ८ गतेबाट प्रदर्शन हुने यो चलचित्रले अब हरेक शनिबार उपत्यकाका अन्य सपिङ्ग मलमा पनि यस्ता कार्यक्रम गर्ने जनाएको छ । यस्तै चलचित्रको प्रदर्शन मिती नजिकिएसँगै प्रचारमा नयाँपन दिन र दर्शकलाई हलसम्म डोर्याउन सहयोग हुने खालका अन्य कार्यक्रमहरु पनि गर्ने निर्माण टिमले जनाइएको छ ।

नक्कली बिहे गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथामा निर्माण भएको चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको अभिनय रहेको रहेको छ । चलचित्रको यसअघि सार्वजनिक गीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेकोले पनि चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ ।
इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । चलचित्रमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ । यस्तै कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



