Kabaddi Kabaddi Kabaddi
UA 115 mins Feature Film ComedySep 20, 2019Hall Release
News
काजी यसपटक गलेको छ – निर्देशक गुरुङ
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारदेखि प्रदर्शनमा आउदै छ । मैयाँलाई पाउन काजीले गरेको संघर्षको कथाबाट शुरु भएको ‘कबड्डी’को यो तेस्रो संस्करण हो ।
पहिलो र दोस्रो संस्करणमा काजीको अनकेन् प्रयासका बिच मैयाँ उसको हुन सकेकी छैन । बरु पहिलो भागमा शहरबाट आएको पाहुना विवेकसँग मैयाको प्रेम र दोस्रो भागमा शहरमै बस्ने मैयाँको अर्को सोल्टि बमकाजीसँगको प्रेम देखाइयो । दुवै भागमा सोल्टिनी नपाए पनि काजीको रवाफमा कुनै कमी देखिदैन ।
मतवाली समुदायमा अझैपनि यदाकदा कायम रहेको मामा फुपु चेला–चेली हक अर्थात स्वजातिय विवाहको संस्कार चलचित्रमा देखाएको छ । चलचित्रका मुख्य पात्र वीरकाजी र मैयाँको चरित्र चित्रण निकै सबल छ । अर्थ पूर्ण रुपमा मुख्य पात्रको यात्रा तय गरिएको छ । वीरकाजीले पुरुष हुनुको दम्भ प्रतिविम्भित गरेको छ । यता मैयाँको चरित्र मार्फत संस्कार र संस्कृतिको बहानामा महिलाको स्वइच्छा वा स्वतन्त्रता माथी कसरी नियन्त्रण गर्न खोजिन्छ अनि संस्कार र संस्कृति भन्दा माथी एउटी महिलाको स्वतन्त्रता महत्वपूर्ण हो भन्ने कुरा प्रस्तुत गरिएको छ । वीरकाजीले पुरुष साइकोलोजी अनि मैयाँले महिलाको स्वतन्त्रताको प्रतिनिधित्व गर्ने पक्ष नै ‘कबड्डी’ सिरिजको सबैभन्दा सवल पक्ष हो । के ‘कबड्डी कबड्डी कबड्डी’मा पनि यि दुई पात्रको मनोबिज्ञान सोही अनुरुप चित्रण गरिएको छ त ? हालैको एक भेटमा निर्देशक रामबाबु गुरुङलाई यही प्रश्न गर्दा उनले आफुले यो एंगलबाट नसोचेको बताए । संस्कारको एउटा पक्षलाई चलचित्रमा उतार्ने कोसिस गरेको भन्दै उनले काजीको मनोबिज्ञानमा भने यसपटक केही फरकपना देखिएको बताएका छन् । उमेर बढेसँगै वीरकाजी अघिल्ला सिरिज भन्दा यो सिरिजमा केही गलेको देखिएको उनको भनाई छ । यद्यपी यसपटक पनि वीरकाजीले नयाँ भित्रिएको धनकाजीसँग सोल्टिनी पाउन कडै कसरत गर्नुपर्नेछ ।
धनकाजी वीरकाजीको प्रेममा भिलेन बनेको छ । भने यसपटक नयाँ सोल्टिनीको समेत प्रवेश भएको छ । मैयाँको प्रेममा अडिक रहेको वीरकाजीको सिद्धान्त नयाँ सोल्टिनीको अंगालोले डगमगाएको छ । ‘कबड्डी’मा मायाको जाल पस्केका निर्देशक गुरुङले ‘कबड्डी कबड्डी’मा प्रेमसँगै राजनीति घुसाए । यसपटक भने उनले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्दको कथा जोडेका छन् । ‘कबड्डी’बाट शुरु भएको कथा ‘कबड्डी कबड्डी कबड्डी’मा पनि टुङ्गिएको छैन । निर्देशक रामबाबु गुरुङ चौथो सिरिजमा भने ‘कबड्डी’को कथा टुंगिने बताउँछन् । दोस्रो सिरिज पछि अन्य सिरिज बनाउने उनको सोच थिएन । तर, एकदिन सम्पादक निमेष श्रेष्ठले रामबाबुलाई काजीको बिहे गरेर मात्र रिसिज टुङ्ग्याउदा राम्रो हुने बताए । रामबाबुलाई पनि त्यो कुरा मन पर्यो, त्यसैले तेस्रो र चौथो सिरिज थपिए ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, हर्क साउदको शब्द, एसडी योगीको संगीत, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर र रेनशा राई राणाको नृत्यनिर्देशन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






