Kabaddi Kabaddi Kabaddi
UA 115 mins Feature Film ComedySep 20, 2019Hall Release
News
‘कबड्डी कबड्डी कबड्डी’को बुकिङ खुल्ला, क्यूएफएक्समा मात्र ६५ शोज
देशको सबैभन्दा ठुलो मल्टीप्लेक्स क्यूएफएक्स चेनले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को अग्रिम बुकिङ खुला गरेको छ । क्यूएफएक्सले ‘कबड्डी कबड्डी कबड्डी’का लागि देशभर आफ्नो चेनमा रहेका ९ चलचित्र हलमा ६५ शोज उपलव्ध गराएको छ । यो गत वर्ष चलचित्र ‘चलचित्र छक्का पञ्जा ३’का लागि उपलव्ध गराएको शोज पछिको सबैभन्दा बढी शोज हो ।
क्यूएफएक्सले आफ्नो चेन अन्तरगत राजधानीको कुमारी, जयनेपाल, छायाँ सेन्टर, सिभिल मल र लविम मलमा रहेको पर्दाहरुमा ३८ शोज उपलब्ध गराएको छ भने राजधानी बाहिर सिनेप्लेक्स पोखरा, जलमा नारायणघाट, वान स्टप विर्तामोड र वागेश्वरी नेपालगञ्जमा २७ शोज उपलब्ध गराउको हो । यसअघि ‘छक्का पन्जा ३’ले राजधानीमा ३१ शोज पाएको थियो ।
‘कबड्डी कबड्डी कबड्डी’ले पाएको शोजका आधारमा बक्सअफिसमा बम्पर ओपनिङको आशा गरिएको छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्र असोज ३ गतेबाट प्रदर्शनमा आउने छ । स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, हर्क साउदको शब्द, एसडी योगीको संगीत, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर र रेनशा राई राणाको नृत्यनिर्देशन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



