Kabaddi Kabaddi Kabaddi
UA 115 mins Feature Film ComedySep 20, 2019Hall Release
News
‘कबड्डी कबड्डी कबड्डी’को तेस्रो गीत सार्वजनिक
असोज ३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको छ । रोमान्टिक शैलीको गीतमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्र असोज ३ गतेबाट प्रदर्शनमा आउने छ । स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, हर्क साउदको शब्द, एसडी योगीको संगीत, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर र रेनशा राई राणाको नृत्यनिर्देशन रहेको छ ।
यसैबिच चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को तर्फबाट भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रुपैया सहयोग गरिएको छ । कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले चलचित्रका तर्फबाट ध्रुर्मुस् सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ध्रुर्मुस् लाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



