Kabaddi Kabaddi Kabaddi
UA 115 mins Feature Film ComedySep 20, 2019Hall Release
News
‘कबड्डी कबड्डी कबड्डी’को आक्रामक शुरुवात, प्रायः शोहरु हाउसफूल
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले आक्रामक शुरुवात गरेको छ । यो समाचार तयार पर्दा सम्म शुक्रबार बिहानका अधिकांश शोहरुमा चलचित्र हाउसफूल भएको जानकारी प्राप्त भएको छ ।
चलचित्रलाई देशभरका सिंगल थियटरले उच्च पथमिकता दिएका छन् भने मल्टिप्लेक्सहरुले समेत उच्च शोज उपलव्ध गराएका छन् । एडभान्स बुकिङमा आक्रामक दे्खिएको चलचित्रको ओपनिङ दमदार देखिएको छ । चलचित्रको ओपनिङ विजनेशका आधारमा पहिलो दिन डेढ करोड माथीको व्यापार गर्ने अनुमान गरिएको छ ।
चलचित्र हेरेका दर्शकबाट समेत यसले उत्साहजनक प्रतिक्रिया पाएको छ । शुक्रबार बिहानी शोमा दर्शक प्रतिक्रिया लिन चलचित्रको टिम राजधानीको सिभिल मलमा पुगेको थियो । जहाँ दर्शकहरुले चलचित्र आफुहरुलाई मन परेको प्रतिक्रिया दिएका छन् ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको रिलिजको पूर्व सन्ध्यामा प्रिमियर समेत गरिएको थियो । विहिबार बेलुका सम्पन्न प्रिमियर शोबाट पनि चलचित्रले राम्रो प्रतिक्रिया बटुलेको थियो । प्रिमियर शोमा उपस्थित पत्रकार र चलचित्रकर्मीहरुले चलचित्रको तारिफ गरेका थिए ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, हर्क साउदको शब्द, एसडी योगीको संगीत, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर र रेनशा राई राणाको नृत्यनिर्देशन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



