Kabaddi Kabaddi Kabaddi
UA 115 mins Feature Film ComedySep 20, 2019Hall Release
News
शनिबार पनि आक्रामक ‘कबड्डी ३’, हलमा ओइरिए दर्शक
‘कबड्डी कबड्डी कबड्डी’ यस वर्षको सवैभन्दा बढी ओपनिङ व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ । घरेलु बक्स अफिसमा शुक्रबार १ करोड ४७ लाख (वितरकका अनुसार) को व्यापार गरेको चलचित्रले शनिबार थप आक्रामक व्यापार गरेको छ ।
शनिबार विहानी र दिवाकालिन शोहरु हाउसफूल भएका छन् । राजधानी सहित देशभरका मल्टिप्लेक्सहरुमा चलचित्रको अकुपेन्सी लगभग शतप्रतिशत देखिएको छ । राजधानीका गोपीकृष्ण, अष्टनारायण लगायतका सिंगल थियटरहरुमा पनि चलचित्रले हाउसफूल व्यापार गरिरहेको छ । केही हलहरुमा दर्शकहरु टिकट नपाएर फर्केका छन् भने मल्टिप्लेक्समा अग्रिम बुकिङ आक्रामक नै छ । जसका कारण शनिबारको वक्स अफिस रिपोर्ट शुक्रबारको भन्दा अझ उत्साहजनक आउने पक्का छ ।
चलचित्रले राम्रो व्यापार गरिरहदा निर्माण पक्ष हलमा पुगेर दर्शकहरुलाई धन्यवाद भन्नमा व्यस्त छ । शनिबार बिहान राजधानीको गोपीकृष्ण हलमा पुगेर चलचित्रका निर्देशक रामबाबु गुरुङ, कलाकारहरु दयाहाङ राई, उपासना सिं ठकुरी, बुद्धी तामाङ, विल्सन बिक्रम राई लगायतको टोलिले दर्शकसँग खुशी साटेको छ । सो अवसरमा दर्शकहरुले चलचित्र आफुहरुलाई मन परेको प्रतिक्रिया दिएका छन् भने कलाकारसँग चलचित्रको गीत गाएर उत्साहज थपेका छन् । दर्शकको हौसलाले उत्साह थपिरहदा गोपीकृष्ण हल परिसरमै अभिनेत्री उपासनाको जन्मदिन समेत मनाइएको छ । शनिबार उपसनाको जन्मदिन परेकोले हल परिसरमै केक काटेर सेलेब्रेट गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



