Joker (Jadugar -2)
Feature Film ComedyFeb 15, 2019Hall Release
News
चलचित्र ‘जादुगर २ – जोकर’को गीत सार्वजनिक
आगामी फाल्गुन ३ गतेबाट रिलिज हुने चलचित्र ‘जादुगर २ – जोकर’को गीत सार्वजनिक गरिएको छ । काडमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ‘दाया बाया...’ बोलको गीतमा कलाकार महादेव त्रिपाठी र सिम्पल खरेललाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा टंक बुढाथोकीको शब्द, संगीत तथा स्वर समावेश गरिएको छ । उक्त गीतमा सोम लामाको कोरियोग्राफी रहेको छ ।
याक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई जादुगर तथा कलाकार महादेव त्रिपाठीले निर्देशन गरेका हुन् । यो चलचित्र जादुगर को सिक्वेल हो । चलचित्रमा स्वर्गीय दिपेन शाह, महादेव त्रिपाठी, रिहान राज गिरी, संगीता लामा, लक्ष्मी श्रेष्ठ, पुजा परियार, सिम्पल खरेल, शिव शंकर रिजाल, सुरेन्द्र केसी, रेशम फिरिरि, अञ्जु थापा, सरु धिमाल, विनोद राई, बिनोद लामा, बिनोद अधिकारी, राजेन्द्र गिरी, राजिव धमाला लगायतका कलाकारको अधिनय रहेको छ ।
गणेश श्रेष्ठ, कुमार सिलवाल र कर्ण बहादुर तामाङको लगानी रहेको चलचित्रमा बिषेश पन्तको कथा, पटकथा तथा संवाद, मधुर बस्नेतको छायांकन, सम्राट बस्नेतको द्धन्द्व, शिव विक, दिपक मदन सिंह र सोम लामाको कोरियोग्राफी, सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री र धुव्र विश्कोको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रलाई करण श्रेष्ठ क्रेजीले वितरण गर्दैछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



