Jhingedaau

Feature Film DramaSep 02, 2022Hall Release

News

‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ १५
‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट चलचित्रको कथासार बुझाउन खोजेको बताए । ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफुने टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । आगामी भदौ १७ गतेबाट चलचित्र रिलिज हुनेछ । चलचित्रको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले अब आफु पुर्ण रुपमा प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सहनिर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । चलचित्रमा केही र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् ।