Jhingedaau

Feature Film DramaSep 02, 2022Hall Release

News

‘झिँगेदाउ’को गीत ‘आगो बिना बिडी’सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ २१
‘झिँगेदाउ’को गीत ‘आगो बिना बिडी’सार्वजनिक

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को गीत ‘आगो बिना बिडी’सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा मुक्ता उदाशको शब्द, अर्जुन पोखरेलको संगीत र शान्ति श्री परियार र प्रविण भेडवालको स्वर रहेको छ । चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको नृत्य रहेको लोकलयको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित चलचित्र आगामी भदौ १७ गतेबाट रिलिज हुनेछ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा  प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सहनिर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।