Jhingedaau

Feature Film DramaSep 02, 2022Hall Release

News

‘झिँगेदाउ’को ‘इश्वर सँग पनि’ सार्वजनिक

लेन्सनेपाल २०७९ श्रावन ११
‘झिँगेदाउ’को ‘इश्वर सँग पनि’ सार्वजनिक

चलचित्र ‘झिँगेदाउ’को दोस्रो गीत ‘इश्वर सँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा चलचित्रका चलअचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय रहेको छ । भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित चलचित्र आगामी भदौ १७ गतेबाट रिलिज हुनेछ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा  प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सहनिर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।