Jerry On Top
Feature Film Love StoryOct 17, 2025Hall Release
News
चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक
चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ ।
सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।
अनन्या फिल्मस्को ब्इानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् । रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने चलचित्रका निर्माता हुन् । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन् । चलचित्रमा हेमराज बिसीको कथा, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

