Jay Shree Daam

UA 130 mins Feature Film ComedyJan 04, 2019Hall Release

News

‘जय श्री दाम’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७५ मंसिर २२
‘जय श्री दाम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मायालु जोडीको प्रेम र दाम कमाउन गरिने थ्रिललाई देखाइएको छ । चलचित्रमा अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेविका कार्की र बिष्णु सापकोटा लगायतको मुख्य भुमिका रहेको छ।

खलाई विप्लव उप्रेतीले निर्देशन गरेका हुन । उप्रेतीले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यू गरेका हुन् । मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको चलचित्र पुस २० मा रिलिज हुनेछ । चलचित्रको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह – निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

अमरद्विप सापकोटाको पटकथा रहेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन, रविन आचार्य डिओपी र नवराज उप्रेतीको छायाँकन रहेको छ ।