Jatrai Jatra
UA Feature Film ComedyMay 17, 2019Hall Release
News
दयाहाङ भन्छन् सिक्वेल चलचित्र घातक, प्रदिप भन्छन् दर्शकले माग गरेकोले बनायौं
अभिनेता दयाहाङ राईले सिक्वेल चलचित्र चलचित्रकर्मीका लागि घातक हुने बताएका छन् । सिक्वेल निर्माण गर्नु भनेको चलचित्रकर्मी आफैले आफ्नो खुट्टामा बन्चरो हाने बराबर भएको जिकिर समेत गरेका छन् ।
सिक्वेल भन्दा साथ दर्शकको अपेक्षा बढ्ने र यस्तो हुनुपर्छ भन्ने पूर्वानुमानका कारण घातक हुन पुगेको उनको भनाई छ । अक्सर सिक्वेल हिट चलचित्रकै बन्ने गर्छन । दर्शकले मन पराएका चलचित्रको सिक्वेल बन्दा अपेक्षा पनि बढ्नु स्वभाविक छ । सायद यसैले होला दयाले अपेक्षा नराखि किन ‘जात्रै जात्रा’ हेर्न आग्रह गरेका छन् । अपेक्षा राखेर जाँदा त्यो अपेक्षा पुरा हुन नसक्ने र आफुले समेत दर्शकको अपेक्षा पुरा हुन्छ भनेर ग्यारेन्टी गर्न नसक्ने उनको भनाई छ ।
हेर्नुस् भिडियोमा
‘जात्रै जात्रा’ सन् २०१६ को सफल चलचित्र ‘जात्रा’को सिक्वेल हो । दयाले भनेझै घातक अनि आफ्नै खुट्टामा बन्चरो हान्ने काम निर्देशक प्रदिप भट्टराईले किन गरे त ? उनी यसलाई दर्शकको माग भन्छन् । जात्राको अन्त्यमा नखुलेको जवाफ यसमा भेटिने निर्देशक प्रदिप भट्टराईको भनाई छ । ‘जात्रा’ हेरेपछि दर्शकहरुले निरन्तर रुपमा २ करोड ८० लाख कहाँ हरायो ? बैंक बाट निस्केको कसरी नक्कली भयो ? पैसा कहाँ छ ? जस्ता प्रश्न उठाएको र ति प्रश्न समेतको जवाफ दिनका लागि सिक्वेल बनाएको उनको भनाई छ । तर, त्यसको जवाफले मात्र पनि चलचित्र नबन्ने भएकोले अर्को ‘जात्रा’ पनि थप गरिएको प्रदिप बताउँछन् । ‘जात्रा’मा पैसाको जात्रा देखाएको र ‘जात्रै जात्रा’मा सुनको जात्रा हुने उनी बताउँछन् । २ करोड ८० लाखको जात्रामा सुन थपेर ‘जात्रै जात्रा’ बनाइएको छ । तर, नेपालमा चर्चामा आएको सुन काण्ड क्यास गर्न भने यो चलचित्र नबनाएको प्रदिपको भनाई छ । उनी यसलाई आफ्नै जात्रा मान्छन् ।
जेष्ठ ३ गतेबाट चलचित्र प्रदर्शन हुँदैछ । चलचित्रमा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा विपिन ट्याक्सी ड्राइभर र वर्षा पानीपुरी पसले भएको खुलेको छ अन्य क्यारेक्टर भने खुलाइएको छैन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




