Jatrai Jatra
UA Feature Film ComedyMay 17, 2019Hall Release
News
‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत ‘जीवन जात्रा हो’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अर्जुन भट्टराईको शब्द, कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको छ भने प्रविन सिंहले कोरियोग्राफी गरेका हुन । गीतमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बनियाँको अभिनय रहेको छ ।
जेष्ठ ३ गतेबाट प्रदर्शन हुने चलचित्रमा दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राणा, अंशु महर्जन, कृष्णभक्त महर्जनलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
कमेडी जनाको चलचित्रमा रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेका छन् भने यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । ‘जात्रै जात्रा’ सन् २०१६ को चलचित्र ‘जात्रा’को सिक्वेल हो ।
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada