Jatrai Jatra
UA Feature Film ComedyMay 17, 2019Hall Release
News
बैशाख २७ मा ‘जात्रै जात्रा’, मंगलबार सार्वजनिक हुँदै ‘माया पिरिम’
आउने वर्षको बैशाख २७ गते चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन हुने भएको छ । निर्माण पक्षले मंगलबार ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गर्दै आधिकारीक रुपमा प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ ।
यसअघि फागुन १७ गतेलाई प्रदर्शन मिति तय गर्दै छायाँकनमा गएको भएपनि छायाँकनकै समयमा नायक विपिन कार्कीको मोटरसाइकल दुर्घटना भएपछि रिलिज पोष्टपोण्ड भएको थियो । विपिनको खुट्टा भाचिएका कारण रोकिएको छायाँकन लगभग सकिएको छ । कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँका अनुसार अब एक दिनको छायाँकन मात्र बाँकी छ ।
सार्वजनिक गर्न लागिएको गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर, लेखु सहयात्रीको शब्द, कृष्ण भारद्धाजको संगीत र कविराज गहतराजले कोरियोग्राफी रहेको छ । गीतमा निर्देशक तथा कलाकार निश्चल बस्नेत, नायिका करिश्मा मानन्धर, सारा सिर्पाली, विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई देख्न सकिन्छ । निश्चल, करिश्मा र साराले यो गीतमा अतिथि कलाकारको रुपमा नृत्य गरेका हुन । एक बिहेमा सेलिब्रिटीहरुको समेत उपस्थित भएको समयमा गीत आउने जनाइएको छ ।

चलचित्र ‘जात्रै जात्रा’ २०७३ कार्तिक २६ गते प्रदर्शन भएको चलचित्र ‘जात्रा’को सिक्वेल हो । यसअघि नै चलचित्रको टिजर सार्वजनिक गरिसकिएको छ । टिजरका आधारमा भन्दा जात्राको शैली सिक्वेलमा पनि कायम राखिएको देखिन्छ । टिजरमा समावेश गरिएका सम्वादका आधारमा जात्रा जहाँ सकिएकोे थियो त्यहीबाट यसको कथा उठान गरिएको सहजै बुझ्न सकिन्छ ।
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा चलचित्रका बिपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सिंगे लामा र यादव पौडेलले निर्माण गरेका हुन । कार्यकारी निर्माता भने रविन्द्र सिंह बानियाँ हुन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




