Jani Najani

Feature Film Love StoryMar 15, 2019Hall Release

News

‘जानी नजानी’ले दर्शकलाई निराश बनाउँदैन – रोशनी केसी

लेन्सनेपाल २०७५ फागुन ३०
‘जानी नजानी’ले दर्शकलाई निराश बनाउँदैन – रोशनी केसी

पछिल्लो समय नेपाली चलचित्रको व्यापार आशातित छैन । आशा गरिएका चलचित्रले समेत दर्शकको साथ पाएका छैनन् । स्टार भनिएका कलाकार वा स्टार जन्माउने भनिने निर्देशकका चलचित्र नै किन नहुन लगातार रुपमा असफल भइरहेका छन् । यही बिचमा शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘जानी नजानी’ निर्माण टिम भने दर्शकको मन जित्नेमा आशाबादी छ ।

पछिल्लो केही समय यता स्टार भन्दा पनि कन्टेन बिक्न थालेको छ । दर्शकहरुले पनि त्यस्तै चलचित्रलाई रुचाउन थालेका छन् । जानी नजनी लभ स्टोरी चलचित्र हो । यद्यपी यसभित्र खादिलो कन्टेन पनि भएको निर्माता तथा कलाकार रोशनी केसीले बताएकी छिन । लभ स्टोरी चलचित्र भन्दैमा केटा केटीको रोमान्स मात्र नभएर यसमा केही सामाजिक अनि केही राष्ट्रियताका कुरा पनि समावेश भएको उनको भनाई छ । त्यस्ता विषयलाई पनि मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको रोशनी बताउँछिन ।

यो चलचित्र बनाउनु अघि रोशनीले डा. खाते जस्तो सामाजिक कथाको चलचित्र निर्माण गरेकी थिइन । चलचित्रले सिनेमा हलमा अपेक्षाकृत दर्शक पाउन सकेन । तर, देश विदेशमा निकै च्यारीटी शोहरु भए । जुन माध्यमबाट जतिले चलचित्र हेरे सबैले त्यसलाई रुचाए पनि । दर्शकबाट प्राप्त त्यही उत्साहजनक प्रतिक्रियाले रोशनीलाई निरन्तरताका लागि थप उर्जा मिल्यो । सडक बालकको कथामा निर्माण गरेको चलचित्रबाट समाजका लागि केही गर्न सके है भन्ने आत्मसन्तुष्टि पनि मिल्यो ।

डा. खाते जस्तो सामाजिक कथाको चलचित्र निर्माण गरेर रोशनीले तारिफ बटुलेकै हुन । तर, यसपटक भने उनले मनोरञ्जनात्मक चलचित्र निर्माण गरिन । जति बेला डा. खाते निर्माण भएको थियो त्यो समय उनी रिसर्चमा गर्थिन । लामो समय उनले सडक बालकका सम्बन्धमा रिसर्च गरेपछि चलचित्रको लागि सोही विषय छनौट गरेकी थिइन । तर, यसपटक लभ स्टोरी चलचित्रको लागि उत्कृष्ट कथा भेटियो । लभ स्टोरी कथामा पनि नयाँपन, जसले उनलाई लोभ्यायो । त्यसैले जानी नजानी निर्माण गरिन । निरन्तर चलचित्र अभिनय र निर्माणमै लाग्ने बताएकी रोशनीले यसपछि भने फेरी सामाजिक कथाको चलचित्र बनाउने संकेत समेत गरेकी छिन ।

चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन । थुप्रै चलचित्रमा सहायक र मुख्य सहायक निर्देशकका रुपमा काम गरेका बसन्तको कामबाट रोशनी सन्तुष्ट छिन । निर्देशक चलचित्रको क्याप्टेन हो । बसन्तले हरेक दृष्टिबाट चलचित्रलाई उत्कृष्ट बनाउने प्रयास गरेको उनको भनाई छ । यता अभिनेत्री निरिशा बस्नेतका लागि पनि यो चलचित्र डेव्यु हो । भारतिय टेलिभिजन स्टार प्लसबाट प्रसारण भएको टिभी सिरियल ‘चन्द्र नन्दनी’मा अभिनय गरी सकेकी निरिशा मात्र होइन अर्का कलाकार मनिष श्रेष्ठले पनि उतकृष्ट काम गरेको रोशनीको भनाई छ ।

आफ्नो चलचित्रले दर्शकलाई निराश नबनाउने भन्दै रोशनीले जानी नजानी हेर्नका लागि आग्रह समेत गरेकी छिन ।