Jani Najani

Feature Film Love StoryMar 15, 2019Hall Release

News

‘जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजानिक

लेन्सनेपाल २०७५ फागुन ७

चैत्र १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजानिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी कथाको चलचित्र यिनै चार क्यारेक्टरको वरपर घुमेको जनाइएको छ ।

क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । नेपाली पोशाकको प्रतिक मानिने ढाका र चलचित्रको क्यारेक्टर एकआपसमा जोडिएकोले नै यसरि पोस्टर तयार पारिएको निर्देशक बसन्त अधिकारीले बताएका छन् । धेरै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन । सामिप्यराज तिमिल्सेनाको लेखन रहेको चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ ।