Jani Najani

Feature Film Love StoryMar 15, 2019Hall Release

News

चलचित्र ‘जानी नजानी’को गीत सार्वजनिक

लेन्सनेपाल २०७५ पौष १३
चलचित्र ‘जानी नजानी’को गीत सार्वजनिक

चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ‘एउटीलाई मुटुमा घर...’ बोलको गीतमा कलाकार मनिष श्रेष्ठ, सुमी मोक्तान र निरिशा बस्नेतलाई प्रस्तुत गरिएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द तथा संगीतकार पोखरेल र दुर्गा खरेलको स्वर, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 

रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा रोशनी केसी प्रस्तुतकर्ताका रुपमा रहेकी छिन । प्रेमकथामा निर्माण भएको चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका अधिकारीले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हुन् । चलचित्रमा कोदनाथ खनाल र सागर काजी माली निर्माताको रुपमा रहेका छन् ।

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।