Jani Najani
Feature Film Love StoryMar 15, 2019Hall Release
News
‘जानी नजानी’को पोष्टर सार्वजनिक
प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘जानी नजानी’को पोष्टर सार्वजनिक गरिएको छ । बसन्त अधिकारीको डेव्यु निर्देशन रहेको चलचित्र चैत १ गतेलाई प्रदर्शन हुने पक्का भएको हो ।
सार्वजनिक पोस्टरमा मनिष सुन्दर श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ प्रस्तुत छन् । निरिशा बस्नेत अग्रज कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी हुन भने मनिष सुन्दर श्रेष्ठ अग्रज अभिनेता शिव श्रेष्ठका भतिजा हुन । निरिशाको यो डेव्यु चलचित्र हो भने मनिषले यसअघि ‘रानी’ र ‘तिमी हुन्छौ जहाँ जहाँ’मा अभिनय गरिसकेका छन् । उनहिरुका अलवा चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतका कलाकारको अभिनय रहेको छ । रोशनी चलचित्रकी प्रस्तुतकर्ता समेत हुन ।
प्रेमकथामा आधारित भनिएको चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा संजय लामाको छायाँकन, र अर्जुन जिसीको सम्पादन रहेको छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा मोदनाथ खनाल र सागर काजी मालीले चलचित्र निर्माण गरेका हुन ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



