Jai Bhole
PG Feature Film Comedy, DramaOct 16, 2018Hall Release
News
डिसिएनले सार्वजनिक गर्यो जय भोलेको बक्स अफिस रिपोर्ट, पहिलो साता ३ करोड २ लाख ग्रस कलेक्सन
चलचित्र ‘जय भोले’को एक साताको व्यापार सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको वितरक डिजिटल सिनेमा नेपालको तर्फबाट पहिलो साताको व्यापार सार्वजनिक गरिएको हो । चलचित्र दशैंको अबसरमा असोज ३० गते फुलपातीबाट रिलिज भएको हो ।
डिसिएनका अनुसार चलचित्र जय भोलेले पहिलो सातामा कुल ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँ ग्रस गरेको छ । डिसिएनलले जय भोलेको ग्रस कलेक्सन सार्वजनिक गरेसँगै निर्माता तथा निर्देशक अशोक शर्माले पहिलो सातामा आफुले सोचेको भन्दा राम्रो व्यापार गरेको प्रतिक्रिया दिएका छन् । छक्का पञ्जा ३ जस्तो ब्राण्डेड चलचित्रसँग जुधेर पनि सोचेको भन्दा राम्रो व्यापार गरेको उनको भनाई छ । उनका अनुसार १ करोड ३५ लाखको बजेटमा निर्माण भएको चलचित्रले पहिलो सातामा लगानी सुरक्षित गरेको छ त्यसैले अबको व्यापार नाफाको हुनेछ ।
चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी, निर्देशक शर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





