Hero No. 1

PG 140 mins Feature Film ComedySep 13, 2019Hall Release

News

‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ भाद्र १४
‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जय किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी जनराको हो ।

चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा जयकिशनकै लेखन, बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द र सुदिप पाण्डेको सम्पादन रहेको छ । 

ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन् भने मदन ताम्राकार कार्यकारी निर्माता हुन् । चलचित्र भाद्र २७ गतेबाट प्रदर्शन हुनेछ ।