Harry Ki Pyari

Feature Film ComedyFeb 03, 2023Hall Release

News

‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक

लेन्सनेपाल २०७९ माघ १५
‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक

चलचित्र ‘ह्यारी कि प्यारी’को ‘दम दम’ बोलको गीत सार्वजनिक गरिएको छ । क्लब डान्स शैलीको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । उनलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् । सार्वजनिक गीतमा गीतमा युग भुषालको शब्द तथा संगीत, थोम्स एन्ड्रियूजको स्वर र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र बिआर प्रोडक्सनकको प्रस्तुति ब्यानरमा बनेको हो । चलचित्रमा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।

माघ २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो ।