Harry Ki Pyari
Feature Film ComedyFeb 03, 2023Hall Release
News
‘ह्यारीकी प्यारी’ले दियो धरानका मेयरलाई रुद्राक्षको बिरुवा
चलचित्र ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटी रुद्राक्षको बिरुवा प्रदान गरेको छ । प्रमोसनका लागि मोफसल टूरमा रहेको टिमले बिहिबार धरानस्थित श्रम संस्कृति पार्कमा पुगेर मेयर साम्पाङलाई सय वटा रुद्राक्षको बिरुवा प्रदान गरेको हो । टिममा कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र निर्देशक डा. कपिल रिजाललगायत सहभागी थिए ।
निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले आफु प्रभावित भएकाले धरान आएको बेला बिरुवा उपहार लिएर भेट्न आएको बताए ।अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताउदै ‘ह्यारीकी प्यारी’पनि हेरिदिन आग्रह गरिन । यस्तै अभिनेता जितु नेपालले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको उपमा दिंदै चलचित्रको प्रिमियर र ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ मा आतित्यथा ग्रहणको निम्तो दिए ।
अनौपचारिक कार्यक्रममा बोल्दै मेयर साम्पाङले राम्रो उपहार प्रदान गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै चलचित्रको सफलताको शुभकामना दिए । साथै उनले पार्कको एक भागमा यि बिरुवा रोप्ने र त्यलाई कलाकार कर्नरका रुपमा चित्रण गरिने पनि जनाए । उक्त भेटघाटमा निर्देशक मिलन चाम्स, कलाकार बिजय लामा, मोडल एलिसा राई, कलाकार रेखा फागो र निर्देशक जनकदीप पराजुलीपनि उपस्थित थिए ।
जितु, साम्राज्ञी र विजयसहित लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय रहेको ‘ह्यारीकी प्यारी’ माघ २० देखि अलनेपाल प्रदर्शनमा आउदैछ । नेपालीसंगै हिन्दी, मराठी र बंगाली भाषामा निर्माण गरिएको चलचित्र नेपाल रिलिजपछि अन्य देशमा प्रदर्शन हुनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



