Harry Ki Pyari

Feature Film ComedyFeb 03, 2023Hall Release

News

‘ह्यारीकी प्यारी’को ‘मिठो मिठो’ सार्वजनिक

लेन्सनेपाल २०७९ माघ १२
‘ह्यारीकी प्यारी’को ‘मिठो मिठो’ सार्वजनिक

चलचित्र ‘ह्यारीकी प्यारी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुघबार सार्वजनिक गरिएको ‘मिठो मिठो’ बोलको गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द र सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । चलचित्रका मुख्य कलाकारद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाललाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।

माघ २० गतेबाट प्रदर्शन हुने चलचित्र डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।