Hajar Juni Samma

Aug 15, 2019Hall Release

News

‘हजार जुनीसम्म’को ‘सुकुटी साँधन साउनी’ सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ २९
‘हजार जुनीसम्म’को ‘सुकुटी साँधन साउनी’ सार्वजनिक

चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘सुकुटी साँधन साउनी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, एकनारायण भण्डारी भण्डारीको शब्द, प्रल्हाद तिमिल्सेना र मिना निरौलाको स्वर र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा चलचित्रका आर्यन सिग्देल, दिपाश्री निरौला, शिवहरी पौडेललगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।

विकाश राज आचार्यको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधान, आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, दिपाश्री निरौला र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ ।

विशाल चाम्लिङ्गको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । विशाल चाम्लिङ्गको कथा रहेको चलचित्रमा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।