Gurkha Warrior
Feature Film Action, HistoricalFeb 23, 2024Hall Release
News
‘गोर्खा वारियर’ को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक
फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’मा समावेश गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेश पायल राईको स्वर, शैलेन्द्र खनाल ‘शरद’को शब्द र एलिस कार्कीको संगीत रहेको छ । गीतले गोर्खालीहरुको वीरताको बर्णन गरेको छ ।
ऐतिहासिक कथाको चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राई,आरुस जंग सारु लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
‘गोर्खा वारियर’ नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा प्रदर्शन हुँदैछ । चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अङ्ग्रेजी संस्करणको डबिङ्ग अन्तिम चरणमा छ ।
चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत र राजेश पायल राईको गायन रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





