Gurkha Warrior
Feature Film Action, HistoricalFeb 23, 2024Hall Release
News
‘गोर्खा वारियर’को प्रिमियरमा पुगे एमाले अध्यक्ष ओली
राजधानीमा आयोजित चलचित्र ‘गोर्खा वारियर’को ग्राण्ड प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । अध्यक्ष ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि प्रिमियरमा पुगेका छन् ।
चलचित्रकर्मी, चलचित्र पत्रकार तथा बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थितिका बिच आयोजित रेड कार्पेटमा प्रिमियरमा सहभागी हुँदा खुसी लागेको अध्यक्ष ओलीले जनाएका छन् । उनले सम्भवतः पहिलो पटक रेड कार्पेटमा सहभागी भएको पनि जनाएका छन् ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्रको प्रिमियर यतिबेला राजधानीको बिग मुभिजमा भइरहेको छ । जहाँ चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिति छ । यसअघि प्रमुख अतिथीका रुपमा उपराष्ट्रपति प्रिमियरमा सहभागी हुने जनाइएको थियो । यद्यपी उपराष्ट्रिपतिको आगमन देखिएन ।
चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ। फागुन ११ गतेदेखि प्रदर्शन हुने चलचित्र नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





