Gunyo Cholo : The Dress

Feature Film Social DramaAug 29, 2025Hall Release

News

समुन्द्रको ‘गुलाबी’मा नाजिर

लेन्सनेपाल २०७९ आषाढ ३०
समुन्द्रको ‘गुलाबी’मा नाजिर

निर्देशक समुन्द्र भट्टको नयाँ चलचित्र ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।

प्री प्रोडक्सनमा रहेको चलचित्रमा अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ । नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिर बाहेक अन्य कलाकारहरुको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ । यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको छ ।

निर्देशक भट्टका अनुसार चलचित्रको लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनुपर्नेछ । स्कृप्ट अनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ ।

भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ । चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् ।