Gunyo Cholo : The Dress

Feature Film Social DramaAug 29, 2025Hall Release

News

तस्वीर फिल्म मार्केटमा नेपाली चलचित्र ‘गुन्युचोलो’

लेन्सनेपाल २०८१ असोज ३०
तस्वीर फिल्म मार्केटमा नेपाली चलचित्र ‘गुन्युचोलो’

अमेरिकाको प्रतिष्ठित ‘तस्वीर फिल्म फेष्टिवल’मा यस वर्षबाट ‘तस्वीर फिल्म मार्केट’ पनि शुरु गरिएको छ । दक्षिण एसियाली डायस्पोराका चलचित्रका निर्माता तथा श्रष्टाहरुका लागि आफ्ना सृजना अन्तराष्ट्रिय प्लेटफर्ममा प्रस्तुत गर्ने एक मञ्चका रुपमा मार्केटको शुरु गरिएको जनाइएको छ । 

अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने चलचित्र मार्केटमा अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित चलचित्र संस्थाहरू पनि सहभागी हुनेछन् । उक्त मार्केटका लागि नेपाली चलचित्र ‘गुन्युचोलो’ पनि छनौट भएको छ ।

समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको हो । नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रमा उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । चलचित्रमा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरेको छ ।

चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सह–निर्माता हुन् । चलचित्रलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिइन् ।

फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन् । मार्केटका लागि नेपाल सहित बिभिन्न देशका २० चलचित्रहरु अन्तिम छनौटमा परेका छन् ।