Gunyo Cholo : The Dress

Feature Film Social DramaAug 29, 2025Hall Release

News

चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक

लेन्सनेपाल २०७९ माघ १२
चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक

अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सरस्वती पुजाको अवसर पारी सार्वजनिक गरिएको पोष्टरमा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भुमिकामा देखिएका छन । 

समुन्द्र भट्टको निर्देशनमा तयार चलचित्र नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्माण गरिएको हो । यो चलचित्रका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन ।  चलचित्रमा नाजिरका अलवा संचिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि अभिनय रहेको छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीमा आलोक शुक्लाको छायांकन र लेखु सहयात्री र सान भुषालको संगीत रहेको छ ।