Gunjan

UA Feature Film Love StoryJan 13, 2023Hall Release

News

‘गुञ्जन’ को गीत ‘सास चल्छ’मा सारा र प्रितमराजको रोमान्स

लेन्सनेपाल २०७९ मंसिर १६
‘गुञ्जन’ को गीत ‘सास चल्छ’मा सारा र प्रितमराजको रोमान्स

चलचित्र हो ‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक गरिएको छ । प्रविसा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् । रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्टले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा  कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।