Gun Gun

PG 128 mins Feature Film Family Drama, Love StoryNov 16, 2018Hall Release

News

चलचित्र गुनगुनको ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७५ असोज २४
चलचित्र गुनगुनको ट्रेलर सार्वजनिक

चलचित्र गुनगुनको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा सञ्चिता लुइँटेल, पुकार भट्टराई, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन छ ।

उनले कार्तिक ३० बाट प्रदर्शनमा आउने चलचित्रलाई पुकार भट्टराईले निर्माण तथा निर्देशन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक भट्टराईले सामाजिक कथाको चलचित्र भएको जनाउँदै प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस गरेको जनाएका छन् ।