Gun Gun
PG 128 mins Feature Film Family Drama, Love StoryNov 16, 2018Hall Release
News
गुनगुन हेर्दा निराश बन्नु नपर्ने निर्देशकको दाबी
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र गुनगुन यतिबेला देश दौडाहामा छ । चलचित्रले यतिबेला देशका प्रमुख शहरहरुमा आफ्नो प्रचारलाई तिब्र बनाइरहेको छ ।
अभिनेता पुकार भट्टराईद्वारा निर्देशित तथा निर्मित चलचित्र गुनगुनको मोफसल यात्रामा कलाकार सुवास मेचेले समेत साथ दिएका छन् । यसैबिच निर्देशक तथा कलाकार भट्टराई आफ्नो लामो समयको अभिनय अनुभवलाई चलचित्रमा समावेश गरेको बताएका छन् । चलचित्र समाजिक विषयवस्तुमा आधारित एक्सन समेतको मिश्रण भएको पारिवारिक तथा प्रेम कथाको भएको निर्माण पक्षले जनाएको छ । चलचित्र हेर्दा दर्शक निराश बन्नु नपर्ने बरु पूर्ण मनोरञ्जन लिएर फर्कने निर्देशकको भनाई छ । यता नायक सुवास मेचेले आफूले चलचित्रमा निकै मेहनत गरेको र दर्शकले रुचाउनेमा पूर्ण विश्वस्त भएको बताएका छन् ।
प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा सुवास मेचे, सञ्चिता लुईटेल, पुकार भट्टराई, रवीन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपिन प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।
यसैबिच चलचित्रले चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट पाएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






