Gorkhe
Feature Film ActionMar 05, 2021Hall Release
News
चलचित्र ‘गोर्खे’को गीत ‘सिन्की अचार’ सार्वजनिक
चलचित्र ‘गोर्खे’को गीत सार्वजनिक गरिएको छ । तिहारको अवसर पारी चलचित्रमा समावेश लोक फ्लेवरको ‘सिन्की अचार’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । अञ्जली यही गीतमा मात्र देखिएकी हुन । गीतमा नग्वा फिन्जो पाख्रिनको शब्द तथा संगीत, अञ्जु पन्त र आर सी रिमालको स्वर रहेको छ भने भिडियोको कोरियोग्राफी शिव बि.क.ले गरेका हुन ।
सन्तोष ढकाल निर्देशित चलचित्रमा रविन्द्रका साथै अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ, एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरि लामा प्रस्तुतकर्ता रहेको चलचित्रलाई तिर्थ कोजु र हरि थापाले निर्माण गरेका हुन ।
कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निरज कँडेलको छायाँकन, हिमाल केसीको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





