Ghanachakkar
Feature Film DramaJun 24, 2022Hall Release
News
भोजपुरीमा ‘घनचक्कर’को प्रमोशनल गीत
आगामी असार १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘घनचक्कर’को भोजपुरी भाषाको प्रमोशनल गीत रिलिज गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् । सार्वजनिक गीतमा गीतकार मैनाली र पवन पौडेलको स्वर छ ।
पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित सिनेमामा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् । कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।
सिनेमामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।
सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



