Ghamad Shere
Feature Film ComedyNov 08, 2019Hall Release
News
देउवालाई जोडी ‘घामड शेरे’को ट्रोल नबनाउन बिसीको आग्रह
कांग्रेस नेता शेरबहादुर देउवाको फोटो जोडेर सामाजिक सञ्जालमा भइरहेको ट्रोलप्रति चलचित्र ‘घामड शेरे’ले आपत्ति जनाएको छ । आकस्मिक पत्रकार भेटघाटमा चलचित्रको टिमले यस्ता ट्रोल प्रति चलचित्रका कलाकार, निर्देशक, निर्माता र प्राविधिक कसैको पनि संलग्नता र समर्थन नभएको जनाएको छ ।
निर्देशक विसीले जारी गरेको विज्ञप्तीमा चलचित्रको प्रमुख पात्र शेरेको चरित्र, व्यबहार र कार्यशैली राजनीतिक प्रकृतिको नरहेको समेत स्पष्ट पारेको छ । साथै चलचित्रको नामलाई जोडेर सामाजिक सञ्जालमा भएको ट्रोलका कारण कांग्रेस सभापति शेरबहादुर देउवाको व्यक्तित्वमा पर्न गएको असर र असुविधाप्रति निर्माण कम्पनी ‘विसी मोसन पिक्चर’ ले क्षमा पनि मागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस प्रकारको ट्रोल नगर्न र नबनाउन पनि विज्ञप्तीमार्फत् अनुरोध गरिएको छ ।
चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ । शुक्रबारबाट प्रदर्शन हुने चलचित्रमा हेमराज विसीकै कथा र पटकथा रहेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा हेमराज बिसी र सिमोस सुनुवारले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । नरेन्द्र विक्रम बुढा क्षेत्री चलचित्रका कार्यकारी निर्माता हुन् ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



