Ghamad Shere

Feature Film ComedyNov 08, 2019Hall Release

News

अन्तिम समयमा ‘घामड शेरे’को प्रदर्शन स्थगित

लेन्सनेपाल २०७६ कार्तिक ७
अन्तिम समयमा ‘घामड शेरे’को प्रदर्शन स्थगित

अन्तिम समयमा चलचित्र ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको चलचित्रको प्रदर्शन बुधबार राति स्थगित गरिएको हो । अब यो चलचित्र कार्तिक २२ गतेबाट प्रदर्शन हुनेछ ।

बुधबार साँझ देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले चलचित्रको अग्रीम बुकिङ ओपन गरेको थियो । क्युएफएक्सले चलचित्रलाई उपत्यका भित्र जम्मा ६ शो सहित अलनेपाल ११ शोज उपलब्ध गरायो । त्यसको केही समयपछि वितरण कम्पनी स्टेशन फाइवले चलचित्रको रिलिज दुई साता पछि सारेको जनाउको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टेशन फाइवले लेखेको छ – ‘चलचित्र लाई लिएर हामी भित्र जुन उत्साह र अपेक्षा थियो त्यो उत्साह र अपेक्षासँग मेल नखाने शोज मात्र उपलब्ध हुँदा चलचित्रलाई दुई हफ्ता पछि सार्ने निर्णय गरेका छौँ । हामीलाई बिश्वास गर्नुहुने सम्पूर्ण दर्शकहरु, अहोरात्र खटिएका चलचित्रका कलाकार तथा प्राविधिकहरु र निर्माताहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।’

क्युएफएक्सले बुधबार साँझ ‘घामड शेरे’ सहित ‘पोइ पर्यो काले’ र बलिउड चलचित्र ‘हाउस फूल ४’को शो बाँडफाड गरेको थियो । जसमा उपत्यका भित्र ‘घामड शेरे’लाई ६, ‘पोइ पर्यो काले’लाई ५ शो र ‘हाउस फूल ४’लाई २४ शो उपलब्ध गराएको थियो ।

चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ । चलचित्रमा कथा, पटकथा र निर्देशन हेमराज बिसीको रहेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा हेमराज बिसी र सिमोस सुनुवारले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । नरेन्द्र विक्रम बुढा क्षेत्री चलचित्रका कार्यकारी निर्माता हुन् ।