Ghamad Shere

Feature Film ComedyNov 08, 2019Hall Release

News

‘घामड शेरे’को गीत ‘सादा सादा’ सार्वजनिक

लेन्सनेपाल २०७६ कार्तिक २५
‘घामड शेरे’को गीत ‘सादा सादा’ सार्वजनिक

प्रदर्शनरत् चलचित्र ‘घामड शेरे’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सादा सादा...’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत, बुद्धि सागरको शव्द र संगीतकार बाँस्कोटाकै स्वर रहेको छ ।

हेमराज बिसी निर्देशित चलचित्रमा निश्चल बस्नेत, स्वस्तिम खड्का, सुष्मा निरौला बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय रहेको छ भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भुमिकामा देख्न सकिन्छ ।

निर्देशक बिसीकै कथा र लेखन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रमा निर्देशक बिसी र सिमोस सुनुवारको लगानी छ ।