Gaun Aayeko Bato
Feature Film Social DramaJun 07, 2024Hall Release
News
‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी
चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो चलचित्रमा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् ।
चलचित्रको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी चलचित्रको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । चलचित्र गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै चलचित्रको गीत तयार पारेकी छन् ।
चलचित्र छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन् । चलचित्रको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ । उनी आफूले संगीत गरेको नेपाली चलचित्रको प्रतिक्रिया लिन उत्साहित छिन् ।
‘यो चलचित्र धेरै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखायौं । यो चलचित्र जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर चलचित्र हेर्न निकै उत्साहित छु’, हाइडीले भनिन्, ’म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो चलचित्रमा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





