Fulbari

Feature Film Family DramaFeb 17, 2023Hall Release

News

मल्टिप्लेक्समा ‘फूलबारी’को बुकिङ खुल्ला

लेन्सनेपाल २०७९ फागुन १
मल्टिप्लेक्समा ‘फूलबारी’को बुकिङ खुल्ला

महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलबारी’को अग्रिम बुकिङ खुल्ला गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ । केहि हल भने शो खोल्ने तरखरमा छन् ।

काठमाडौं लक्षित मल्टिप्लेक्समा चलचित्रले ३५ प्रतिशत शो पाएको छ । जुन औसत हो । बलिउड र हलिउडको समेत चलचित्र रिलिज रहेकोले  ‘फूलबारी’ले उल्लेख्य शो पाउन नसकेको हो । चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको खण्डमा महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारको विदामा शोज बढ्न सक्छ ।

चलचित्रले क्युएफएक्स चेनमा २९ शो पाएको छ । यस्तै अन्य चेन आइएनआइमा ९, वान सिनेमाजमा ८ र सिनेप्लेक्समा ७ शो पाएको छ । बिग मुभिजमा ६ शो पाएको चलचित्रलाई रन्जना सिनेप्लेक्सले ५ र बिएसआर मुभिजले २ शो दिएका छन् । यस्तै एफक्युब र किर्तिपुर सिनेप्लेक्समा समान ३÷३ शो पाएको छ । यो सामाग्री तयार पार्दासम्म क्युज र सिडिसी भने शो खोल्ने प्रक्रियामा छन् ।

पारिवारिक कथामा निर्मित चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित चलचित्रमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।