Farki Farki
UA Feature Film Love Story, Time LoopMay 23, 2024Hall Release
News
‘फर्की फर्की’ हेरेपछि निश्चलले गरे तारिफ, अग्रिम बुकिङ खुल्ला, देशभर उच्च शोज
निर्देशक निश्चल बस्नेतले रिलिजको संघारमा रहेको चलचित्र ‘फर्की फर्की’ प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले आफूले चलचित्र हेरेको भन्दै नायक अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र छायांकार नरेन्द्र मैनालीको तारिफ गरेका छन् ।
‘फर्की फर्की’ हेरियो । मज्जा आयो चलचित्र हेरेर । रमाइलो टाइम लुप । सुयोग गुरुङ, कडा छ निर्देशन । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई,’ सोमबार साँझ निश्चलले फेसबुकमा लेखेका छन् ।
अनमोल केसी र जसिता गुरुङ स्टारर चलचित्र बिहीबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको अग्रिम बुकिङ खुलिसकेको छ । चलचित्रलाई क्युएफएक्स चेनले ६१ शो, आईएनआईमा १५ र वान सिनेमाले ९ शो दिएको छ ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको निर्देशन रहेको चलचित्रमा अनमोल र जसितासँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, सलोन बस्नेतलगायतका कलाकारको अभिनय छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





