Farki Farki
UA Feature Film Love Story, Time LoopMay 23, 2024Hall Release
News
शनिबार थप आक्रामक ‘फर्की फर्की’, हलमा दर्शकको उपस्थिति उत्साहजनक
बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको चलचित्र ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यकासहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ । बिहिबार र शुक्रबारको तुलनामा शनिबार चलचित्रको ब्यापार थप आक्रामक देखिएको छ । अनमोल केसी र जसिता गुरुङ स्टारर चलचित्र हेर्न दर्शकको उपस्थित हलहलमा उत्साहजनक देखिएको छ ।
काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन् । निर्माता रोहित अधिकारीका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि चलचित्रप्रति दर्शकको उल्लेख्य उपस्थिति छ ।
दर्शकहरुको साथ पाइरहदा प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन् ।
निर्देशक गुरुङले दर्शकले चलचित्रको कथालाई अधिक मनपराएको बताए । ‘अनमोलको कामबाट दर्शकहरु झन बढी खुशी हुनुहुन्छ । चलचित्रको मेकिङसँग क्यानभासलाई पनि उत्तिकै मनपराउनुभएको छ’, उनले भने ।
निर्माता रोहित अधिकारीले पछिल्लो समयमा कथात्मक चलचित्रको लहर चलिरहेको बेला त्यसलाई चिर्दै प्रेमकथाको ‘फर्की फर्की’ हेर्न दर्शकको भीड बढेको बताए । ‘बिहीबारदेखि नै हामीलाई दर्शकले राम्रो साथ दिनुभएको छ । आज शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शक संख्या उच्च छ । हामीलाई दर्शकको उपस्थितिले नयाँ हौसला दिएको छ’, उनले भने ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





