Eklavya
Feature Film Jul 26, 2019Hall Release
News
प्रदर्शन मिति तय गर्दै ‘एकलब्य’को गीत सार्वजनिक
चलचित्र ‘एकलब्य’ले प्रदर्शन मिति तय गर्दै पहिलो गीत सार्वजनिक गरिएको छ । साउन १० गतेबाट प्रदर्शन हुने चलचित्रमा समावेश ‘पूर्वै चल्नेया रेल’ बोलको गीत सार्वजनिक गरिएको हो ।
रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको गीत लोकलयमा आधारित छ । गीतमा राजेन्द्र बजगाईको शव्द संगीत रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रलाई थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका अनमोल शर्माले निर्देशन गरेका हुन् । यो अनमोलको डेव्यु चलचित्र हो । पारिवारिक प्रेमकथाको चलचित्रमा सोनाम थापा मगर, ओसिन भट्टराई, महिमा सिलवाल, पुष्कर राउत, सुमन ढकाल, सन्ध्या भट्टराई, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतका कलाकारको अभिनय रहेको छ ।
राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरको निर्माण रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



