Dui Numbari
Feature Film DramaOct 07, 2022Hall Release
News
‘२ नम्बरी’का लागि छानियो भूषणको गीत
चलचित्र ‘२ नम्बरी’ले आयोजना गरेको शिर्ष गीत कम्पोज प्रतियोगितामा भूषण खतिवडा उत्कृष्ठ भएका छन् । चलचित्रका सार्वजनिक कन्टेनका आधारमा चलचित्रको शिर्ष गीत बनाउन निर्माण टिमले खुल्ला आब्हान गरेको थियो । जसमा खतिवडा अन्य ६१ गीतलाई पछि पार्दै उत्कृठ ठहरिएका हुन् । उक्त गीत केही दिनमा सार्वजनिक गर्ने निर्देशक दिपेन्द्र लामाले जनाएका छन् ।
उत्कृष्ठ भएसँगै खतिवडले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । उक्त गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र असोजको २१ गतेबाट प्रदर्शन हुँदैछ ।
दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । दीपेन्द्र लामाको कथा रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



