Dui Kadam
Feature Film DramaDec 15, 2023Hall Release
News
डेब्यु चलचित्र ‘दुई कदम’लाई लिएर उत्साहित इओन
अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’बाट डेव्यु गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका उनी चलचित्रलाई लिएर निकै उत्साहित छन् ।
ताप्लेजुङका इओन हङकङमा जन्मिएर काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आएका उनी यतिबेला अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।
इओन चलचित्रलाई लिएर यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेको बताउँछन् । बाल्यकालमा देखेको सपना पुरा गर्न पाउँदा उनी निकै उत्साहीत पनि छन् । तर, चलचित्रको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज नरहेको बुझाई उनको छ । साथै उनले नृत्य लगायत चलचित्रको लागि आवश्यक पर्ने सवै तयारी गरेको बताउँछन् ।
पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महशुस भएको भन्दै उनले भने – ‘पहिलो दिन नै गीतको छायांकन भएकाले मेरा सिंगल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिदा डर र उत्साह दुवै थियो । तर निर्देशक उदय सुब्बाले निकै सहज रुपमा अभिनय गराउँनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भयो ।’ उनले अघि थपे – ‘दुई कदममा धेरै सिनियर कलाकारहरुले अभिनय गर्नु भएको छ । उहाँहरुसँग काम गर्दा के भन्नु होला भन्ने डर भन्दा पनि कसरी राम्रो काम गर्ने भन्नेमा नै केन्द्रित थिए ।’
चलचित्रमा उनले चुलबुले केटाको भुमिका निवार्ह गरेका छन् । जो साथीहरुसँग घुँम्न, रमाउन र ट्राभल गर्न रुचाउँछ । आफु रियल लाइफमा पनि त्यस्तै भएकाले डेव्यु चलचित्र भएपनि चरित्र निर्माणको लागि धेरै तयारी गर्नु नपरेको उनी बताउँछन् । आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ सोही कारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको उनी बताउँछन् । इओन आफूले अभिनय गरेको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । यसै क्षेत्रमा करिअर बनाउने सोचमा रहेका उनी पहिलो चलचित्रमा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने तयारीमा छन् ।
उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।
चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



