Dui Kadam

Feature Film DramaDec 15, 2023Hall Release

News

चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०८० मंसिर २०
चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

उदय सुब्बाको निर्देशन रहेको चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा इओन लिम्बु, सिमोन गिरी, गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ ।

चलचित्रको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको  चलचित्रको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

चलचित्रमा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।