Dui Kadam
Feature Film DramaDec 15, 2023Hall Release
News
‘दुई कदम’को गीतमा वर्षा पनि
मंसीर २९ गतेबाट रिलिज हुने चलचित्र ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । राजधानीको ठमेलस्थित १० एक्स क्लबमा दुई दिन यता गीतको छायांकन गरिएको हो ।
गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत छ । गीतमा आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।
गीतमा चलचित्रका कलाकार इओन लिम्बु र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छिन् । चलचित्रमा यही गीतमा मात्र वर्षा देखिनेछिन् । गीतमा उनीहरुलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन् । गीतका छायांकार सौरभ लामा हुन् ।
उदय सुब्बा निर्देशित चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।
चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



