Dui Kadam
Feature Film DramaDec 15, 2023Hall Release
News
चलचित्र ‘दुई कदम’को टाइटल गीत सार्वजनिक
उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविशा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
तारा प्रकाश लिम्बुको संगीत तथा शब्द रचना रहेको चलचित्र मंसिर २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको हो भने बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।
चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



