Dokh

Feature Film DramaJul 08, 2022Hall Release

News

अनुप बरालको ‘दोख’ प्रदर्शन

लेन्सनेपाल २०७९ आषाढ २४
अनुप बरालको ‘दोख’ प्रदर्शन

अनुप बराल निर्देशित चलचित्र ‘दोख’ आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको चलचित्र हो ।

विनाशकारी भुइँचालो आएको ताका छायाँकन सुरु भएको चलचित्र निर्धारित निर्माण बजेट सकिनु, प्रदर्शनको मुखमा कोभिड महाकारी फैलिनु लगायतका कारण प्रदर्शनमा ढिलाइ हुन पुगेको थियो । अन्ततः दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको चलचित्र प्रदर्शनमा आएको हो ।

माओवादी द्वन्द्धको पृष्ठभूमिमा रहेर राजन कठेतले ‘दोख’को कथा लेखका हुन् । चलचित्रले द्धन्द्धको कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई गाउँबीच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।